कञ्चन डेभलपमेन्ट बैंक र यूकेएड सक्षमबीच सम्झौता
Post Date : March 30, 2017 | 10:51 am

काठमाडौँ, १७ चैत । कञ्चन डेभलपमेन्ट बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्सबीच बिउ उत्पादक किसानलाई मूल्य श्रृंखलाको वित्तीयकरणमार्फत कृषकको आयस्तर वृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ । सक्षमको सहायताले बैंकलाई कैलाली, कञ्चनपुर र डडेलधुरा जिल्लामा अपि हिमालयसँग आवद्ध बिउ उत्पादक किसानहरूलाई उनीहरूको आवश्यकता अनुसार वित्तीय सेवा प्रदान गर्न मद्दत पुग्ने जनाएको छ ।
बैंकले यस परियोजना अन्तर्गत कैलाली, कञ्चनपुर र डडेलधुराका १० हजारभन्दा बढी किसानहरूलाई ऋण तथा अन्य वित्तीय सेवा प्रदान गर्ने जनाएको छ ।