कन्काई विकास बैंकको नयाँ शाखा राजगढमा
Post Date : November 25, 2016 | 2:55 pm

झापा, १० मङ्सिर । कन्काई विकास बैंकले झापाको राजगढमा दशौँ शाखा खोलेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर शाखाका निर्देशक रामबाबु पौड्यालले गर्नु भएको छ ।
झापाको दमकमा मुख्य कार्यालय रहेको बैंकले झापा, मोरङ र इलाम गरी तीन जिल्लामा सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बैंकको चुक्ता पूँजी १२ करोड ५० लाख रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुरयाउन बैंकले २ सय १४ प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव अघि सारेको छ ।