कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद शेयर लिलाम बिक्री
Post Date : November 28, 2016 | 2:13 pm

काठमाडौँ, १३ मङ्सिर । कर्णाली डेभलपमेन्ट बैंकले हकप्रद शेयर बिक्री खुल्ला गरी आवेदन माग गरेकोमा संस्थापक समूहतर्फ ५४,२९० कित्ता र सर्वसाधारण समूहतर्फ २४,९४८ कित्ता शेयर बिक्री नभएकोले २०७३ मङ्सिर १६ गतेदेखि २०७३ मङ्सिर २३ गतेसम्म उक्त शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
लिलाम बढाबढको आवेदन प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँ र कर्णाली डेभलपमेन्ट बैंक, नेपालगञ्ज बाँकेमा पेश गर्न सकिनेछ ।