कर्मचारी तलबमा २५ प्रतिशत वृद्धि
Post Date : May 28, 2016 | 6:21 pm

काठमाडौँ, १५ जेठ । व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आव २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) मा सरकारी कर्मचारीको विद्यमान तलबमानमा २५ प्रतिशत वृद्धिको व्यवस्था गरिएको छ ।
गत वर्ष वृद्धि हुन नसकेको तलब यसपटकको बजेटमा वृद्धि भएको हो । रासस