कसमस डेभलपमेन्ट बैंकको २३.६० प्रतिशत बोनस शेयर
Post Date : January 13, 2017 | 4:05 pm

काठमाडौँ, २९ पुस । कसमस डेभलपमेन्ट बैंकको छैटौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट शेयरधनीलाई २३ दशमलब ६० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७२।७३ मा ६३ करोड १४ लाख रुपैयाँ निक्षेप संकलन र ४९ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।