काबेली विकास बैंकले २० प्रतिशत बोनस शेयर दिने
Post Date : June 13, 2016 | 3:41 pm

धनकुटा, ३१ जेठ । धनकुटामा केन्द्रीय कार्यालय रहेको काबेली विकास बैंकको ८औं वार्षिक साधारण सभाले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
सभामा बैंकका अध्यक्ष गोपाल प्रसाद काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
बैंकले ५८ करोड ९२ लाख रुपैया निक्षेप संकलन गरी ५५ करोड ७३ लाख रुपैया कर्जा लगानी गरेको जनाएको छ ।
बैंकले धनकुटाको राजारानी, सिंधुवा, हिले र ६ नम्बर बुधबारेमा शाखा कार्यालय स्थापना गरेको छ ।