कामना विकास बैंकको पहिलो त्रैमासमा खुद मुनाफा ३ करोड ५८ लाख रुपैयाँ
Post Date : December 14, 2016 | 11:36 am

काठमाडौँ, २९ मङ्सिर । कामना विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासमा ६ अर्ब ९० करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन र ६ अर्ब १४ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरी ३ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकको हाल चुक्ता पूँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ ।