कामना विकास बैंकको १० औँ वार्षिक साधारण सभा सम्पन्न
Post Date : March 3, 2017 | 1:08 pm

कास्की, पोखरा, २० फागुन । कामना विकास बैंकको फागुन १९ गते बिहीबार सम्पन्न १० औँ वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१ दशमलब ५८ प्रतिशतले बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ ।
सभाले बोनस शेयर वितरणपश्चात कायम हुन आउने चुक्ता पूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
कामना विकास बैंक र सेवा विकास बैंक एक आपसमा मर्ज भई राष्ट्रिय स्तरको कामना सेवा विकास बैंकको नामबाट बैंकिङ कारोवार गर्नको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको जनाइएको छ ।