कालोबजारी गर्नेविरुद्ध मुद्दा
Post Date : May 12, 2016 | 6:30 pm

काठमाडौँ, ३० वैशाख । जिल्ला प्रशासन कार्यालय, काठमाडाँैबाट गत फागुनदेखि वैशाख २२ गतेसम्म भएको बजार अनुगमनका क्रममा खाना पकाउने एलपी ग्यासलगायत इन्धनमा कालोबजारी गर्ने बिक्रेतालाई कारबाही गर्नका लागि कार्यालयमा कालोबजारीसम्बन्धी २३ मुद्दा दर्ता भएको छ ।
अनुगमनबाट विभिन्न ब्रान्डका ८११ थान सिलिन्डर बरामद गरिएको र उक्त ग्यास बिक्रेतालाई प्रचलित कानुनबमोजिम आवश्यक थप कारबाही भइरहेको कार्यालयले जनाएको छ । रासस