काष्ठमण्डप डेभलपमेन्ट बैंक र काँक्रे विहार विकास बैंक गाभिने

काठमाडाैं, १ असार । काष्ठमण्डप डेभलपमेन्ट बैंक र काँक्रे विहार विकास बैंकबीच गाभ्ने/गाभिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा काष्ठमण्डप डेभलपमेन्ट बैंकका संचालक समिति सदस्य कृष्णप्रसाद ज्ञवाली र काँक्रेविहार विकास बैंकका संचालक समिति सदस्य राजकुमार गुरुङले हस्ताक्षर गर्नु भएको छ ।
काठमाडौंको न्यूरोडमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्टरको “ख” वर्गको काष्ठमण्डप डेभलपमेन्ट बैंक तथा सुर्खेतमा केन्द्रीय कार्यालय रहेको एक जिल्ले “ख” वर्गको काँक्रे विहार विकास बैंक नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन बमोजिम २०७४ असारभित्र राष्ट्रिय स्तरको विकास बैंकका लागि २ अर्ब ५० करोड रुपैया चुक्ता पूँजी पुरयाउने क्रममा यो सम्झौता भएको हो ।
यसअघि काष्ठमण्डप डेभलपमेन्ट बैंकसँग महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्स लिमिटेड गाभिने सम्झौता गरिसकेका छन् । गाभिएपछि काष्ठमण्डप डेभलपमेन्ट बैंकको पूँजी १ अर्ब ८० करोड रुपैया पुग्ने जारी विज्ञप्तिमा जनाइएको छ ।