काष्ठमण्डप डेभलपमेन्ट बैंकको हकप्रद साधारण शेयर शुक्रबारदेखि बिक्री खुल्ला
Post Date : November 3, 2016 | 9:36 am

काठमाडौँ, १८ कात्तिक । काष्ठमण्डप डेभलपमेन्ट बैंकको मिति २०७२ कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरूको लागि चार शेयर बारबर एक शेयर (४ः१) को अनुपातमा रु. १००/– अंकित दरको १६ लाख ९९ हजार ७ सय ४१ दशमलब सात शून्य कित्ता हकप्रद साधारण शेयर मिति २०७३ कात्तिक २६ गते शेक्रबारका दिनदेखि बिक्री खुल्ला गरिएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एन.सि.एम. मर्चेण्ट बैंकिङ्ग लिमिटेड तोकिएको छ ।