काष्ठमण्डप डेभलपमेन्ट बैंकले बिक्री नभएको साधारण शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने
Post Date : March 20, 2017 | 11:44 am

काठमाडौँ, ७ चैत । काष्ठमण्डप डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई हकप्रद शेयर बिक्रीका लागि आवेदन माग गरिएकोमा सर्वसाधारण तर्फको १ लाख ७ हजार ६ सय १ दशमलब २० कित्ता शेयर आवेदन नपरेकोमा लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
शिलबन्दी बोलपत्र २०७३ चैत २२ गतेदेखि २०७३ चैत २८ गते अपरान्हभित्र बिक्री प्रबन्धक एन.सि.एम. मर्चेण्ट बैंकिङ लिमिटेडमा पेश गरिसक्नु पर्नेछ । शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.१००।– तोकिएमोले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नु पर्नेछ ।