कास्की फाइनान्स र कामना विकास बैंक आजबाट संयुक्त रुपमा शुभारम्भ
पोखरा, ६ असार । कास्की फाइनान्स लिमिटेड र कामना बिकास बैंक लिमिटेडले आजदेखि संयुक्त रुपमा कारोवार शुभारम्भ गरेकोे छ । कार्यक्रमको उद्घाटन प्रमुख अथिति नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नु भएको छ ।
मर्जरपछि राष्ट्रिय स्तरको उत्कृष्ट विकास बैंक बन्न चाहेको कुरा सहायक महाप्रबन्धक तुबराज बास्तोला ‘विशाल’ ले बताउनु भयो । राष्ट्र बैंकले विकास बैंकको संख्या घटाउँदै छ भने हामी राष्ट्रियस्तरको कमर्सियल बैंक बनाउने योजना रहेको समेत वहाँले बताउनु भयो । अहिले पोखरा, लेखनाथ, तनहुँ, लमजुङ, धादिङ, चि
बैंकले एटिएम, एबिबिएस अादि सुविधा दिइअाएकोमा भविष्यमा ई-बैंिकङ्ग सेवा समेत दिने कुरा बास्तोलाले बताउनु भयो । साथै कृषि, पर्यटन र उर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर अाफ्ना सेवाहरु विस्तार गर्ने बताउनु भयो । हाल बैंकको चुक्ता पूँजी रु ६६ करोड १६ लाख , कुल निछेप रु ६ अर्ब ८३ करोड, कुल कर्जा रु ५ अर्ब ९३ करोड रहेको छ भने २१ शाखा, ९ एटिएम तथा ग्राहक संख्या ७५ हजार रहेको बताउनु भयो ।