कुमारी बैंकको खुद मुनाफा २७ करोड ९३ लाख रुपैयाँ
Post Date : February 9, 2017 | 1:13 pm

काठमाडौँ, २७ माघ । कुमारी बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा ३९ अर्ब ९४ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन र ३३ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरी २७ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । खराब कर्जा भने १ दशमलब १४ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख ६७ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ६४ करोड ३५ लाख ६६ हजार रुपैयाँ रहेको छ ।