कुमारी बैंकले २ कित्ता शेयर बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने
Post Date : October 23, 2016 | 6:35 am

काठमाडौं, ७ कार्तिक । कुमारी बैंकको संचालक समितिको बैठकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।
बैंकको हाल २ अर्ब ६९ करोड ९१ लाख ६७ हजार रुपैया रहेको छ । जसमा ५० प्रतिशत अर्थात १ अर्ब ३४ करोड ९५ लाख ८३ हजार ५ सय रुपैया बराबरको हकप्रद शेयर बैंकले निष्काशन गर्न लागेको हो ।