कुमारी बैंकले ३ वटा विकास बैंक र एउटा फाइनान्स कम्पनी प्राप्ति गर्ने सम्झौता सम्पन्न
Post Date : October 4, 2016 | 1:59 pm
काठमाडौं, १८ असोज । कुमारी बैंक लिमिटेडले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले ४ वटा संस्थालाई प्राप्त गरिसकेपछि शाखा सञ्जाल ७४ पुग्नेछ । यस्तै बैंकको निक्षेप ५० अर्ब र कर्जा लगानी ४० अर्ब रुपैया पुग्ने बैंकले जनाएको छ । बैंकले चुक्ता पूँजी वृद्धि गर्न विद्यमान पूँजीमा ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने योजना अगाडि सारिसकेको छ ।