कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने
Post Date : January 4, 2017 | 3:18 pm

काठमाडौँ, २० पुस । कुमारी बैंकले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि आवेदन दिएको छ ।
बैंकले हाल चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख ६६ हजार ५ सय ३२ रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड १६ लाख ८६ हजार रुपैयाँ छ ।
बैंकको चालु आर्थिक बर्षको २०७३।७४ को पहिलो त्रैमासिकमा ४० अर्ब ३५ करोड ६९ लाख रुपैयाँ निक्षेप संकलन र ३२ अर्ब ४१ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरी १३ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।