कृषि विकास बैंकको खुद मुनाफा १ अर्ब ५७ करोड रुपैयाँ
Post Date : May 7, 2017 | 5:24 pm

काठमाडौँ, २४ वैशाख । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा ८९ अर्ब ५३ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन र ८८ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब ५७ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यसै अवधिमा बैंकको निस्क्रिय कर्जा ३.३० प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ६९.३४ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी १२ अर्ब ५२ करोड ३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ ।