कृषि विकास बैंकको नयाँ शाखा संखुवासभाको खाँडबारीमा
Post Date : June 22, 2016 | 6:13 pm

कृषि विकास बैंकले संखुवासभाको खाँडबारीमा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त शाखाको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटनको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले नयाँ स्थापित शाखाबाट सम्पूर्ण वित्तीय कारोवार हुने बताउनु भएको थियो । उक्त कार्यक्रममा संखुवासभा जिल्ला प्रमुख जिल्ला अधिकारी उमाकान्त आचार्यले बैंकको शाखा स्थापनाले यस क्षेत्रका जनताले आधुनिक बैंकिङ्ग सुविधा पाउने भएको बताउनु भएको थियो ।