कृषि विकास बैंकको २५० औँ शाखा चुहानडाँडामा
Post Date : February 6, 2017 | 1:27 pm

काठमाडौँ, २४ माघ । कृषि विकास बैंकले तेह्रथुमको पूर्वी आठराई क्षेत्रलाई लक्षित गर्दै चुहानडाँडामा २५० औँ शाखा स्थापना गरिएको छ । शाखा उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गर्नु भएको छ ।
उद्घाटनको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बैंकको ५० औँ वर्षको इतिहासमा हिमालदेखि तराईसम्म सञ्जाल भई कारोबार गरिरहेको बैंकले अब आधुनिक बैंकिङ प्रविधि सहित ग्राहकवर्गलाई सेवा दिने बताउनु भयो ।