कृषि विकास बैंकले एसएमएस अलर्ट सेवा सुरु गर्ने
Post Date : August 9, 2016 | 2:12 pm

काठमाडौं, २५ साउन । कृषि विकास बैंकले एसएमएस अलर्ट सेवा सुरु गरेको छ । बैंकले ग्राहकवर्गको सुविधाका लागि निक्षेप खातामा रकम जम्मा गर्दा वा रकम झिक्दा एसएमएस मार्फत जानकारी दिने सेवा सुरु गर्ने भएको छ ।
बैंक र एफ वन सफ्ट प्रा.लि.बीच उक्त एसएमएस सेवा संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र एफ वन सफ्टका बिक्री तथा बजार निर्देशक बिपुल ढकालले हस्ताक्षर गर्नु भएको छ । एसएमएस अलर्ट सेवा एक हप्ताभित्र संचालनमा आउने बैंकले जनाएको छ ।