कृषि विकास बैंकले १९ लाख ६८ हजार ५ सय ७५ कित्ता साधारण शेयर बिक्री गर्ने
Post Date : January 25, 2017 | 11:56 am

काठमाडौँ, १२ माघ । कृषि विकास बैंकले हकप्रद शेयर बिक्रीका लागि आवेदन माग गरेकोमा बाँकी रहेको १९ लाख ६८ हजार ५ सय ७५ कित्ता बोलपत्रको माध्यमबाट बिक्री गर्ने भएको छ । न्यूनतम प्रति शेयर रु १००।– तोकी २०७३ माघ २७ गतेदेखि २०७३ फागनु १२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन माग गरिएको छ । बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।