कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने
Post Date : December 30, 2016 | 4:55 pm

काठमाडौँ, १५ पुस । कृषि विकास बैंक संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक को स्वीकृति र बैंकको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि सो बोनस सेयर वितरण गरिने बैंकले जनाएको छ ।
बैंकले गत आर्थिक वर्ष २०७२।७३ मा २ अर्ब ५७ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।