कृषि विकास बैंकले ५०% हकप्रद शेयर निष्काशन गर्ने
Post Date : September 21, 2016 | 8:39 am

काठमाडौं, ५ असोज । कृषि विकास बैंकले २ शेयर बराबर १ शेयको अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेको छ । बैंक संचालक समितिको ६२९ औं बैठकले उक्त निर्णय गरेको हो ।
बैंकले गत आ.व. २०७२/७३ मा ८७ अर्ब २६ करोड २४ लाख रुपैया निक्षेप संकलन, ७९ अर्ब ७९ करोड ५८ लाख रुपैया कर्जा प्रवाह गरी २ अर्ब ५७ करोड ७२ लाख रुपैया खुद मुनाफा गरेको छ । उक्त अवधिमा बैंकको चुक्ता पूँजी १० अर्ब ३७ करोड ४४ लाख रुपैया रहेको छ ।