कैलाश विकास बैंकको खुद मुनाफा बढ्यो
Post Date : November 9, 2016 | 11:20 am

काठमाडौँ, २४ कात्तिक । कैलाश विकास बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो त्रैमासिकमा खुद मुनाफा १३ करोड १ लाख ९८ हजार रुपैया गरेको छ ।
बैंकले यस अवधिमा १५ अर्ब ३३ करोड ३४ लाख रुपैया निक्षेप संकलन र १३ अर्ब ७२ करोड ३८ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा रहेको १ करोड ७२ लाख ११ हजार रुपैया खरब कर्जा उठाउन सफल भएको छ ।