कैलाश विकास बैंकको ५ कित्ता शेयर बराबर नयाँ १ कित्ता हकप्रद शेयर निष्काशन फागुन ६ गतेबाट
Post Date : February 10, 2017 | 11:49 am

काठमाडौँ, २८ माघ । कैलाश विकास बैंक लिमिटेडले ५ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपात अर्थात रु १००।– अंकित दरका ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद शेयरको निष्काशन २०७३ फागुन ६ गतेदेखि गर्ने भएको छ । बैंकको हकप्रद शेयर निष्काशन २०७३ चैत १० गते बन्द हुनेछ ।