कैलाश विकास बैंकको ७३,५५४ कित्ता हकप्रद शेयर बिक्रीमा
Post Date : April 25, 2017 | 11:15 am

काठमाडौँ, १२ वैशाख । कैलाश विकास बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गरेकोमा संस्थापक शेयर १०,९८१ कित्ता र सर्वसाधारण शेयर ६२,५७३ कित्ता गरी जम्मा ७३,५५४ कित्ता लिलाम बिक्री गर्ने भएको छ । शेयरको मूल्य प्रति कित्ता रु.१००।– तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र मिति २०७४ वैशाख २० गतेदेखि २०७४ वैशाख २८ गतेसम्म पेश गर्न सकिनेछ । बिक्री प्रबन्धक आइएमई क्यापिटल मार्केट लिमिटेड रहेको छ ।