खाना पकाउने ग्यासको मूल्य बढ्यो
Post Date : March 10, 2017 | 9:23 pm

काठमाडौँ, २७ फागुन । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धि गरेको छ । निगम प्रवक्ता सीताराम पोखरेलका अनुसार ग्यासमा रु २५ मूल्यवृद्धि गरिएको छ ।
इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका आधारमा मूल्य वृद्धि गर्दा ग्यासको मूल्य रु एक हजार ३७५ पुगेको छ ।
प्रवक्ता पोखरेलले ग्यासमा अझै रु २९१ घाटा रहेको बताउनुभयो । पेट्रोल, डिजल र मट्टितेलको भने मूल्यवृद्धि नभएको निगमले जनाएको छ । रासस