गणपति माइक्रोफाइनान्सको शाखा रुपन्देहीको भलवारीमा
Post Date : July 2, 2017 | 3:09 pm

रुपन्देही, १८ असार । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २०७४ असार १६ गते शुक्रबार तिलोतमा न.पा.–७, भलवारी, रुपन्देहीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गर्नु भएको थियो । यो संगै वित्तीय संस्थाको शाखा संख्या १४ (चौध) पुगेको छ । साथै यसै आर्थिक वर्ष भित्र थप शाखाहरु संचालनमा ल्याउने गृहकार्य भैरहेको समेत संस्थाद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।