गणपति माइक्रोफाइनान्स संचालनमा
Post Date : December 11, 2016 | 5:55 pm

काठमाडौँ, २६ मङ्सिर । तनहुँ जिल्लाको दुलेगौंडामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको गणपति माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड संचालनमा आएको छ ।
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले संस्थाको कारोवार शुभारम्भ गर्नु भएको छ । संस्थाले विपन्न वर्गलाई सरल सुलभ रुपमा वित्तिय सेवा दिने जनाएको छ । गणपति माइक्रोफाइनान्सको अध्यक्ष युवराज भण्डारी र प्रमुख कार्यकारी अधिकृत अच्युत सापकोटा रहनुभएको छ ।