गण्डकी विकास बैंकका अध्यक्षद्वारा शपथ
Post Date : July 11, 2017 | 12:08 pm

काठमाडौँ, २७ असार । गण्डकी विकास बैंकका नवनियुक्त अध्यक्ष जगनबहादुर गुरुङले शपथ लिनु भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसमक्ष उहाँले आफ्नो पद तथा गोपनियताको शपथ लिनु भएको हो ।
साबिकका फेवा विकास बैंक र गण्डकी विकास बैंक एकआपसमा गाभिई गण्डकी विकास बैंक लिमिटेडको नामबाट २०७४ असार २१ गतेदेखि एकीकृत कारोवार भएको जनाइएको छ ।