गण्डकी विकास बैंकले २०.६० प्रतिशत बोनस सेयर दिने
Post Date : December 27, 2016 | 3:14 pm

काठमाडौँ, १२ पुस । गण्डकी विकास बैंकको १३ औँ बार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट सेयरधनीलाई २०.६० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । अब बैंकको चुक्ता पूँजी ६४ करोड ३९ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा १३ करोड रुपैयाँ मुनाफा गरेको थियो ।