गरिमा विकास बैंकको दशौँ साधारण सभा सम्पन्न
Post Date : February 21, 2017 | 11:40 am

कास्की, १० फागुन । गरिमा विकास बैंकको दशौँ वार्षिक साधारण सभा गएको फागुन ६ गते सम्पन्न भएको छ । सभाले आफ्ना शेयरधनीलाई हाल चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने र बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा १० बराबर ७ (१०ः७ शेयर) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकको दशौँ साधारण सभाबाट पारित बोनस शेयर वितरण तथा हकप्रद शेयर निष्काशनपछि चुक्ता पूँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार रुपैयाँ पुग्ने जनाइएको छ ।