गरिमा विकास बैंकको २८औं शाखा नवलपरासीको बर्दघाटमा
Post Date : May 25, 2016 | 8:49 am

गरिमा विकास बैंकले नवलपरासीको बर्दघाटमा २८औं शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रेवतीप्रसाद नेपालले गर्नु भएको छ ।
उद्घाटन कार्यक्रम बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बर्दघाट शाखा मार्फत यस क्षेत्रका बासिन्दालाई आधुनिक वित्तीय सेवा दिने बताउनु भएको थियो ।