गरिमा विकास बैंकको ४५ औँ शाखा चाबहिलमा
Post Date : May 31, 2017 | 3:01 pm

काठमाडौँ, १७ जेठ । गरिमा विकास बैंक लिमिटेडले काठमाडौँको चाबहिलमा शाखा विस्तार गरी कारोबार संचालन गरेको छ । यो बैंकको ४५ औँ शाखा हो ।
साविक निलगिरी बैंक र शुभेच्छा विकास बैंकलाई गाभेपछि गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक बनेको थियो ।
बैंकले २०७४ असार मसान्तसम्म काठमाडौँको कलंकी, कपिलवस्तुको चन्द्रौटा र रुपन्देहीको मणिग्राममा थप शाखा स्थापना गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।