गरिमा विकास बैंकको ४६ औँ शाखा कलंकीमा
Post Date : June 25, 2017 | 1:59 pm

काठमाडौँ, ११ असार । गरिमा विकास बैंकले काठमाडौँको कलंकीमा ४६ औँ शाखा २०७४ असार ७ गते बुधबारका दिन स्थापना गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गर्नु भयो । बैंकले काठमाडौँमा चार शाखासहित मुलुकभर ४६ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।