गरिमा विकास बैंक र बुम रेमिटबीच सम्झौता
Post Date : February 1, 2017 | 1:12 pm

काठमाडौँ, १९ माघ । गरिमा विकास बैंक र बुम रेमिट्यान्स प्रा.लि. बीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता पश्चात् बुम रेमिटमार्फत विदेशबाट नेपालीले पठाएको रकम गरिमा विकास बैंकका ३७ शाखा मार्फत भुक्तानी गर्नुका साथै बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक रेमिट्यान्स कारोवार हुने बैंकले जनाएको छ ।