गुडविल फाईनान्स लिमिटेडले २५ प्रतिशत बोनश शेयर दिने

काठमाडौं, ३१ भदौ । गुडविल फाईनान्स लिमिटेडले आर्थिक वर्ष २०७२।७३ को मुनाफामध्येबाट २५ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।
कम्पनीको संचालक समितिको बैठकले चुक्तापूँजी वृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने समेत निर्णय गरेको छ । कम्पनीले आगामी असोज २० गते साधारण सभा बोलाएको छ । उक्त सभाबाट ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
हाल फाईनान्सको चुक्तापूँजी ३६ करोड २९ लाख रुपैया रहेको छ । बोनश शेयर वितरणपछि फाईनान्सको चुक्तापूँजी ४५ करोड ३६ लाख रुपैया पुग्नेछ । आगामी साधारण सभाले ६० प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव भई कार्यान्वयन भएपछि चुक्तापूँजी ७२ करोड ५७ लाख रुपैया पुग्नेछ ।
नेपाल राष्ट्र बैंकले २०७४ असारसम्म इजाजत प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थाले ८० करोड रुपंया पुरयाउनु पर्ने निर्देशन जारी गरेकोमा गुडविल फाईनान्सलाई सो अवधिभित्र ८० करोड रुपैया पुरयाउन कठिन छ ।