गुराँस लाइफ इन्स्योरेन्सद्वारा रक्तदान कार्यक्रम अायोजना
Post Date : May 31, 2016 | 1:18 pm

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आठौं वर्ष पूरा गरी नवौं वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयमा सयजना भन्दा बढी र क्षेत्रीय कार्यालय विर्तामोड अन्तरगत इटहरीमा ६६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको सहयोगमा गरिएको कम्पनीले जनाएको छ ।