गुराँस लाईफ इन्स्योरेन्सको ८ प्रतिशत बोनस शेयर
Post Date : March 31, 2017 | 9:02 am

काठमाडौँ, १८ चैत । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको १३२ औँ बैठकले शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलब ४२१ प्रतिशत (कर प्रयोजनको लागि) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ मा २ करोड २३ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।