गुहेश्वरी मर्चेन्टले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
Post Date : April 26, 2017 | 12:19 pm

काठमाडौँ, १३ वैशाख । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
फाइनान्सको हाल चुक्ता पूँजी ४९ करोड ३४ लाख रुपैयाँ छ । हकप्रद शेयर निष्काशनपछि फाइनान्सको चुक्ता पूँजी ६९ करोड ८ लाख रुपैयाँ पुग्नेछ ।