गैरकानुनी औषधि बजार मौलाउँदोः संयुक्त राष्ट्रसङ्घ

Post Date : June 23, 2017 | 11:30 am

भियना (अष्ट्रिया), ९ असार । कोकिन र अफिमको उत्पादनमा वृद्धि भएसँगै विश्वमा दुखाई कम गर्न गैरकानुनी रूपमा उत्पादन हुने पीडा कम गर्ने खालका औषधिको पनि कारोबार मौलाएको, संयुक्त राष्ट्रसङ्घ अपराध तथा लागु औषध मामिला हेर्ने निकायले बिहीवार बार्षिक अध्ययन प्रतिबेदन जारी गर्दै जनाएको छ ।

‘प्रतिवेदनमा देखाइए अनुसार लागु औषधको सेवनबाट निम्तने स्वास्थ्य, विकास, शान्ति र सुरक्षा सम्वन्धि समस्यासँग जुध्न विश्वका सवै क्षेत्रमा धेरै काम गर्नुपर्ने देखिएको’ यूएनओडिसीका प्रमुख युरी फेडाटोभले बताउनुभयो ।

विश्वभर करिब दुई करोड ९५ लाख वा वयस्क जनसङ्ख्याको ०.६ प्रतिशत हिस्सा लागु औषध प्रयोगको अव्यवस्थाका कारण प्रताडित भएका र कम्तिमा एक लाख ९० हजार मृत्यु स्वास्थ्यका विषयमा सामान्य ध्यान पुरयाएमा वा गैरकानुनी औषधिको प्रयोग नगरेको खण्डमा मात्रै रोक्न सकिने बताइएको छ । प्रायजसो मृत्यु पिडा कम गर्ने औषधिको दुरुपयोगका कारण हुने गरेको पनि यूएनओडिसीको अध्ययन प्रतिवेदनको निष्कर्ष रहेको छ ।

सन् २०१६ मा विश्वभर अफिमको उत्पादनमा ठूलो मात्रामा वृद्धि भएको र यो खासगरी अफगानिस्तानमा बढी मात्रामा उत्पादन हुने गरेको प्रतिवेदनमा जनाइएको छ । यसबाट अफगानी तालिवान समूहले लाखौं अमेरिकी डलर आम्दानी गर्ने गरेको बताइएको छ ।

सन् २०१५ मा एसियाबाट विभिन्न मुलुक लाने क्रममा ठूलो मात्रामा समातिएको र यो उक्तबर्ष समातिएको मात्रको करिब ४० प्रतिशत हिस्सा रहेको थियो । रासस÷एएफ्पी

Leave a Reply

Your email address will not be published. Required fields are marked *