गोर्खाज फाइनान्सले सुनचाँदी कर्जा दिने
Post Date : November 11, 2016 | 3:56 pm

काठमाडौँ, २६ कात्तिक । गोर्खाज फाइनान्स लिमिटेडले २२ वर्ष पूरा गरी २३ औँ वर्ष प्रवेश गरेको अवसरमा सुनचाँदी कर्जा सेवा शुरु गरेको छ । फाइनान्सले काठमाडौँको न्यूरोड शाखाबाट सुनचाँदी कर्जा शुरु गरेको जनाएको छ ।
सो अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले भक्तपुरस्थित सालग्राम जेष्ठ नागरिक आश्रमलाई २ थान टेलिभिजन र भक्तपुर क्यान्सर अस्पताललाई ५ थान व्हील चेयर प्रदान गरेको जनाएको छ ।