गोर्खाज फाइनान्स लिमिटेडको शाखा पुतलीसडकबाट काठमाडौंको न्यूरोड गेटमा
Post Date : June 30, 2016 | 11:04 am

काठमाडौं, १६ असार । गोर्खाज फाइनान्स लिमिटेडले आफ्नो पुतलीसडकमा रहेको शाखालाई काठमाडौंको न्यूरोड गेटमा स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरित शाखाको उद्घाटन बैंकका अध्यक्ष महेन्द्रलाल राईले गर्नु भएको छ ।
गोर्खाज फाइनान्सले भक्तपुरको दुधपाटीमा रहेको शाखा सूर्यविनायक चोकमा र झापाको धुलाबारीमा रहेको शाखा विर्तामोडमा यही असार महिनाभित्र स्थानान्तरण गरिने जनाएको छ ।