ग्रिनहिल सिटीको सिइओमा पूर्व बैंकर सुमन न्यौपाने
Post Date : March 5, 2017 | 11:18 am

काठमाडौँ, २२ फागुन । पूर्व बैंकर सुम न्यौपाने ग्रिनहिल सिटी प्राइभेट लिमिटेडको सिइओमा नियुक्त हुनु भएको छ । न्यौपानेले नेपाल अरब बैंक (हाल नबिल बैंक) बाट बैंकिङ क्षेत्रमा प्रवेश गर्नु भई हिमालयन बैंक, ग्लोबल बैक (हाल ग्लोबल आइएमई बैंक) र सनराइज बैंकमा २५ वर्ष काम गरेको अनुभव छ । उहाँले ग्लोबल बैंक र सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सम्हाल्नु भएको थियो ।
ग्रिनहिल सिटीले इमाडोल ललितपुरमा ग्रिनहिल सिटी, बालकोट भक्तपुरमा रोज भिलेज र मुलपानी काठमाडौँमा ग्रिनहिल सिटी अपार्टमेन्ट निर्माण गरिसकेको छ । ग्रिनहिल सिटीले चाँडै काठमाडौँको धुम्बाराहीमा पनि अपार्टमेन्ट निर्माण गर्ने जनाएको छ ।