ग्रीन डेभलपमेन्ट बैंकले शेयर निष्काशन गर्ने
Post Date : May 23, 2016 | 9:14 am

काठमाडाैं । ग्रीन डेभलपमेन्ट बैंकले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने भएको छ । बैंकले सर्वसाधारणको लागि एकसय रुपैया दरको ४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शेयर निष्काशन गर्न स्वीकृति दिइसकेको बैंकले जनाएको छ । बैंकले म्याग्दीमा शाखा विस्तार गरेको छ भने पोखरामा छिट्टै शाखा विस्तार गर्ने जनाएको छ । २०७० साल भदौ महिनादेखि कोवार सुरु गेको बैंकले चालु आर्थिक वर्ष २०७२÷७३ को चैत मसान्तसम्म ३४ करोड रुपैया निक्षेप संकलन गरी २९ करोड रुपैया कर्जा प्रवाह गरेको छ ।