ग्रीसको बेरोजगार समस्या विस्तारै कम बन्दै
एथेन्स (ग्रीस), ३० भदौ । सन् २०१० पछि युरोप तथा अमेरिकी मुलुकबाट जमानत सहायतामा चल्दै आएको ग्रीसको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेका छन् ।
सन् २०१६ को अप्रिल देखि मेबीचमा पहिलो तीन महिनाको २५ प्रतिशतबाट बेरोजगारी समस्या २३.१ प्रतिशतमा झरेको ग्रीसले बिहीबार बताएको छ ।
तर युरोपियन युनियन (ईयू) मा ग्रीसको यो बेरोजगार समस्यालाई अझैपनि खराब अवस्थाका रुपमा लिइएको छ ।
ग्रीसका तथ्याङ्क अधिकारीले दिएको रेकर्डअनुसार ग्रीसमा नयाँ आर्थिक वर्षको दोस्रो तीन महिनामा आइपुग्दा अझै ११ लाख नागरिक बेरोजगार रहेको बताइएको छ भने ३७ लाख नागरिकले रोजगारीको अवसर प्राप्त गरेका छन् ।
ग्रीसको सार्वजनिक अर्थ व्यवस्थामा सन् २०१० को सुरुवातसँगै आएको सङ्कटपछि ग्रीसले पहिलो अर्बौ युरो बराबरको जमानत लिएको थियो ।
यसपछि सन् २०१४ सम्म आइपुग्दा बेरोजगार समस्या २८ प्रतिशतमा झरेको थियो । रासस/एपी