ग्लोबल आइएमई बैंकको कालीकोटमा शाखारहित बैंकिङ सेवा
Post Date : May 24, 2017 | 10:07 am

कालीकोट, १० जेठ । ग्लोबल आइएमई बैंकले सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–२ मा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले स्थानीय कर्णबहादुर खत्रीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरी मेसिन हस्तान्तरण गर्नु भएको छ । यो बैंकको ४६ औँ शाखारहित बैंकिङ सेवा हो ।