ग्लोबल आइएमई बैंकको २ अर्ब ३ करोड रुपैयाँ मुनाफा
Post Date : July 26, 2017 | 5:23 pm

काठमाडौँ, ११ साउन । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिकसम्ममा १ खर्ब १ अर्ब ९१ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन र ८० अर्ब ८१ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । बैंकको हाल चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख ४२ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, निस्क्रिय कर्जा अनुपात १.५७ प्रतिशत छ ।