ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने
Post Date : June 16, 2016 | 12:27 pm
काठमाडाैं, १ असार । ग्लोबल आइएमई बैंकले लमजुङमा रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ती सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको छ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका अध्यक्ष भेषबहादुर पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
प्राप्तीपश्चात ग्लोबल आइएमई बैंकको कुल चुक्ता पूँजी ६ अर्ब २७ करोड रुपैया, कुल निक्षेप ७१ अर्ब रुपैया र कर्जा लगानी ६१ अर्ब रुपैया पुग्ने जनाइएको छ । शाखा संख्या भने ९४ पुग्नेछ ।
ग्लोबल आइएमई बैंकले यसअघि आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड, गुल्मी विकास बैंक, लर्डबुद्ध फाइनान्स लिमिटेड, सोसियल डेभलपमेन्ट बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकसँग मर्जर गरिसकेको छ ।